शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको यस्तो टिप्पणी

शनिबार, ०८ माघ २०७८, १६ : ०३
शनिबार, ०८ माघ २०७८

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप