शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाहीमा सवारी दुर्घटना, वाइसिएलका नेताको मृत्यु

शनिबार, ०८ माघ २०७८, १५ : १०
शनिबार, ०८ माघ २०७८

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परी नेकपा (माओवादी केन्द्र) का एक युवा नेताको मृत्यु भएको छ । शुक्रबार राती सर्लाहीको पूर्वपश्चिम राजमार्ग अवस्थित बागमती पुलमा भएको मोटरसाइकल दुर्घटनामा परी माओवादी केन्द्रको भ्रातृ संगठन योङ  कम्यूनिष्ट लिगका नेताको सुनील बमजनको मृत्यु भएको हो ।

सर्लाहीको हरिवन नगरपालिका ५ बस्ने ३३ वर्षीय बम्जनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुनील सवार बा ९४ प ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ८३०० नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सुनिलको उपचारका लागि अस्पताल लैजाने क्रममा रौतहटको चन्द्रपुरमा मृत्यू भएको हो । माओवादी केन्द्र हरिवन नगर समितिले सुनिलको मृत्युप्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानविनको माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप