स्थानीय तहको निर्वाचन गर्न भीमार्जुनले देखाए दुईवटा बाटो
सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको मिति तय गर्न संविधान तथा कानुनका जानकारसँग परामर्श गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरे पनि सरकारले निर्णय लिन सकेको छैन । सत्ता गठबन्धन नै अलमलमा परेर परामर्श गर्ने निष्कर्षमा पुगेका बेला संविधानविद् अधिवक्ता भीमार्जुन आचार्यले स्थानीय तहको निर्वाचन गर्न दुईवटा बाटो देखाएका छन् ।
उनले संविधानका दुईवटा धारामा टेकेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाएका छन् । पहिलो त धारा ८५ हो । धारा ८५ को प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष ननाघ्ने प्रावधान उनले स्मरण गराएका छन् । अर्थात स्थानीय तहभन्दा पहिला संसदीय निर्वाचन हुन नसक्नेतर्फ उनले सचेत गराएका छन् ।
त्यसैगरी उनले धारा २२५ पनि उल्लेख गरेका छन् । जसमा स्थानीय तहको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन सम्पन्न भइसक्नुपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समयमै निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको ‘कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले ६ महिना भित्र’ (धारा २२५) निर्वाचन सम्पन्न भैसक्नुपर्छ ।’
आचार्यले आफ्नो अनुकूलतामा निर्वाचन गराउने छुट नभएको तर्फ सचेत गराएका छन् । ‘कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन । दलहरू यसतर्फ नलाग्ने कि ? ’ उनले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)