यसकारण आउन सक्छ कोरोनाको 'एन्डेमिक स्टेज'
भारतमा अत्यधिक मात्रामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशभर कोरोना संक्रमितको संख्या उच्च अवस्थामा पुगेको समयमा भारतीय काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिक समीरन पांडाले कोरोना भाइरस छिट्टै हराउन सक्ने बताएका छन् । उनले ओमिक्रोनपछि अर्को भेरियन्ट नदेखिएमा मार्च महिनाको ११ तारिखसम्म कोरोना महामारी एन्डेमिक स्टेजमा पुग्ने दाबी गरेका हुन् । उनले भाइरसको संक्रमणदर निकै कमजोर हुने बताएका हुन् ।
के हो एन्डेमिक स्टेज ?
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार एन्डेमिक स्टेज भनेको संक्रमण रहिरहने तर संक्रमण भने सामान्य हुने अवस्था हो । यस्तो अवस्थामा महामारीको असर सामान्य हुन्छ । र, कुनै विशेष स्थानमा सीमित हुन्छ । साथै, भाइरस कमजोर हुन जान्छ । यसका साथै बिरामीहरु पनि यो भाइरससँग जिउन सुरु गर्न थाल्छन् ।
यसकारण आउन सक्छ एन्डेमिक स्टेज
१. ओमिक्रोन गम्भीर हैन, माइल्ड
मेट्रोपोलिस हेल्थकेयर लिमिटेडका डा. निरन्जन पाटिलका अनुसार ओमिक्रोन कोरोनाको पछिल्लो भेरियन्ट माइल्ड हो । यसले फोक्सोलाई धेरै नोक्सान गर्दैन । यसबाट निमोनिया हुने, अक्सिजनको कमि हुने, आइसियूको आवश्यता पर्ने जस्ता समस्या हुँदैन । ओमिक्रोन देखिएका ८५ देखि ९० प्रतिशतमा लक्षण नै देखिएको छैन ।
२. खोपको असर
टोरेन्टो युनिभर्सिटीका इम्युनोलोजिस्ट जेनिफर गोम्मरम्यानले कोरोनाविरुद्धका खोपहरुले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउने भएकाले कोरोनाको असर गम्भीर नभएको बताएका छन् । उनले विश्वभर ओमिक्रोनविरुद्ध पनि खोप बनिरहेको बताए ।
३. ओमिक्रोन संक्रमणले अर्को भेरियन्टको विरुद्ध बढाउँछ रोग प्रतिरोधी क्षमता
दक्षिण अमेरिकामा भएको एक अनुसन्धानले ओमिक्रोन संक्रमण भएकाहरुले शरीरमा डेल्टा भेरियन्टविरुद्ध एन्टिबडि निर्माण भइरहेको छ । यो अवस्था हुन संक्रमितले पूर्ण मात्रामा खोप लगाएको हुनुपर्छ ।
४. ओमिक्रोन बन्नेछ डोमिनेन्ट कोरोना भेरियन्ट
अमेरिकाका वैज्ञानिक एन्थनी फौसीका अनुसार कोरोनाको नयाँ भेरियन्टबाट विश्वभर सबै संक्रमित हुनेछन् । र, यसले विश्वभरका मानिसमा प्राकृतिक इम्युनिटी बनाउन सफल हुने उनले बताए ।
५. कोरोनाको घातक स्वरुपको अन्त्य
विशेषज्ञका अनुसार कोरोना भाइरसले मानिसको ज्यान लिएमा सो भाइरस सोही व्यक्तिसँगै सकिन्छ । दुनियाँमा मानिससँग जुन भाइरस जिवित रहन सक्छ सोही भाइरस मात्रै वातावरणमा रहन सक्छ । सन् १९१८ मा आएको फ्लु जसरी रुघाखोकीको रुपमा रह्यो कोरोना पनि त्यसैगरी रहने विशेषज्ञहरुको दाबी छ ।
भारतका वैज्ञानिकहरुले यो तेस्रो लहरको असर मार्चसम्म रहने दाबी गरेका छन् । उनीहरुले ११ डिसेम्बरबाट सुरु भएको यो महामारी मार्च ११ सम्म रहने बताएका छन् । यदि ओमिक्रोनले डेल्टाको स्थान लिन सफल भयो भने यो नै एन्डेमिक स्टेज हुने उनीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राखेपले बोलायो ११८ औँ बोर्ड बैठक, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे निर्णय लिन आग्रह
-
सुनको भन्सार घटेपछि के छ व्यवसायीको प्रतिक्रिया ?
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून