४८ लाख पुग्यो डिम्याट खाता खोल्नेको सङ्ख्या
शनिबार, ०८ माघ २०७८, १३ : ३१
नेपालमा डिम्याट खाता खोल्नेको सङ्ख्या ५० लाख पुग्न लागेको छ । सीडीएसी क्लियरिङ हाउसका अनुसार आजसम्म ४८ लाख ५ हजार ८२० जनाले डिम्याट खाता खोलेका छन् ।
यस्तै, अहिलेसम्म ३९ लाख १७ हजार ४४० जनाले मेरो सेयर खाता खोलिसकेका छन् । खासगरी, वि.स. २०७६ साल अन्तिमदेखि नेपालमा पनि कोरोना महामारी फैलँदा सेयर बजार प्रति सर्वसाधारणको चासो बढेको छ ।
सेयर बजारले यही अवधिमा अहिलेसम्मकै उच्च बिन्दु ३१ सय ९८ अङ्कको नयाँ कीर्तिमान बनाएको थियो । यस्तै, दैनिक २१ अर्ब रुपैयाँ बराबरसम्मको कारोबार भएको थियो । यही कारण पछिल्लो समय सेयर बजारप्रति सर्वसाधारणको चासो बढ्दो अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी