बाबुराम र हिट्लर दाजुभाइ : बाँस्कोटा
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए।
जवाफमा बाँस्कोटाले लेखेका छन् : हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने,चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।
हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 22, 2022
अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।
— Gokul Prasad Baskota (@GokulPBaskota) January 22, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’