शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम र हिट्लर दाजुभाइ : बाँस्कोटा

शनिबार, ०८ माघ २०७८, १३ : ०३
शनिबार, ०८ माघ २०७८

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र फासीवादी हिट्लर दाजुभाइ भएको टिप्पणी गरेका छन् । भट्टराईले नेकपा एमालेलाई फासीवादी तत्त्व भएको आरोप लगाएपछि जवाफमा बाँस्कोटाले सो कुरा बताएका हुन् ।

पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका थिए। 

जवाफमा बाँस्कोटाले लेखेका छन् : ​हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने,चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।

अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाइ हुन। रेनुको राजीनामा रोक्न सार्वजनिक धम्की दिनु आवश्यक छैन। विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केही हल्लिदैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप