
यातायातमा जोरबिजोर लागू भएपछि यस्तो देखियो काठमाडौँ, तस्बिरमा हेर्नुहाेस्

काठमाडौं उपत्यकामा शनिबारदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएकाे छ । काेभिड-१९ काे संक्रमण राेकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेका हुन् । जसअनुसार आज जाेर गते जाेर नम्बर प्लेटका गाडी गुड्नेछन् भने बिजोर बिजाेर नम्बर प्लेटका चल्नेछन्।
केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन् । सरकारले अत्यावश्यक सेवा घाेषणा गरेकाे क्षेत्रमा जाेरबिजाेर लागू हुनेछैन । जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल,शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रुपमा गुड्न पाउनेछन् ।
खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ । परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् भने परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।
सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्र भएका पत्रकारका सवारीसाधन तथा कूटनीतिक नियोगका सवारीसाधनमा जोरबिजोर लागू हुने छैन ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ