पश्चिमी वायुको प्रभाव : अझै वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि सचेत रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेकाले केही चिसो महसुस गरिएको छ ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार पनि देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाइएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार र अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री