कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण
ललितपुर एमाले जिल्ला कमिटीको भर्चुअल सपथ ग्रहण गरिएको छ । देशव्यापी रुपमा कोरोनाको ओमिक्रोन भाइरसको माहामारी फैलिएपछि पार्टी पोलिटब्युरो सदस्य तथा एमालेको जिल्लास्थित निर्वाचन समितिको अध्यक्ष मण्डल प्रमुख सुशीला नेपालले पदाधिकारीलाई सपथ ग्रहण गराएकी हुन् । शनिबार विहान आयोजित भर्चुअल सपथ ग्रहण कार्यक्रममा जिल्ला निर्वाचन समितिका प्रमुख पुरुषोत्तम ढुङ्गानाले शुभकामना दिएका थिए ।
भर्चुअल कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य हरिकृष्ण व्यंजनकार, केन्द्रीय सदस्य बाबुराम थापा लगायतको सहभागिता थियो । पुसमा सुरु भएको एमाले ललितपुरको आठौं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पुरुषोत्तम आचार्य चयन भएका थिए ।
अधिवेशन लगत्तै कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको अवस्था तथा जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरु पनि सङ्क्रमित भएपछि भर्चुअल रुपमा शपथ ग्रहण सम्पन्न भएको एमालेले जनाएको छ । अधिवेशन सम्पन्न भएलगत्तै सङ्क्रमित भएका नवनिर्वाचित जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य होम आइसोलेसनमा बसेपछि ३० गते तय गरिएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो ।
पछिल्लो समय अन्य सदस्यहरुको पनि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार भर्चुअल शपथ ग्रहण आयोजना गरिएको जिल्ला अध्यक्ष आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु