रामप्रसादको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक

अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनालको नयाँ गीत ‘तिम्री आमा, मेरी आमा’ सार्वजनिक भएको छ । खनालकै शब्द तथा स्वर रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ ।
जसमा गायक खनाल आफैंले पनि अभिनय गरेका छन् भने उनलाई अभिनयमा कलाकार कमला रेग्मीले श्रीमतीको भूमिकामा साथ दिएकी छन् । भिडियो निर्मल शर्मा ‘गंैडा’ले निर्देशन गरेका हुन् । राजु केसीको छायाङ्कन, गौतमराज खड्काको सम्पादन रहेको भिडियो निर्देशक शर्मा र अन्य कलाकार समेतको अभिनय छ ।
गीतले हरेक श्रीमान् र श्रीमतीलाई पारिवारिक कलहको बिषयमा सम्झाएर कलह कम गर्न मद्दत गर्ने बिश्वास आफुले लिएको गायक खनालले बताए । ‘भाइरल खोज्ने युगका लागि यो गीत कस्तो हुन्छ थाहा छैन । तर यसले हरेक दम्पती जोडीलाई जोड्ने काम भने गर्नेछ’ खनालले भने ।
केही अगाडि अमेरिकाबाट नेपाल फर्किएका खनालले एकसाथ ७ गीतको तयारी गरेका थिए । तीमध्ये पहिलो ‘हे कृष्ण, हे राम’ धार्मिक भजन गतसाता सार्वजनिक भएको थियो । बाँकी ५ गीत पनि बिस्तारै सार्वजनिक गर्दै जाने खनालले सुनाए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका खनालले एक समय नेपाल टेलिभिजनमा ‘लोकदोहोरी’ कार्यक्रम सञ्चालन गरेर लोक दोहोरीलाई स्थापित गराउने काम गरेका थिए । १२ सय बढी गीतमा स्वर दिएका खनालका ५२ एल्बम सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?