शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यातायात कार्यालयले गर्‍यो सेवा स्थगित, ट्रायल दिन पाइन्छ ?

शनिबार, ०८ माघ २०७८, ११ : ३६
शनिबार, ०८ माघ २०७८

यातायात व्यवस्था कार्यालयले कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ । आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले सेवा स्थगित गरेको हो ।

कार्यालयकी प्रवक्ता सुनिता भट्टराईले अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको जानकारी दिइन् । यसका लागी कार्यालयले दैनिक एक सय वटा टोकन व्यवस्था सुचारु गर्ने छ ।

यसअघि, करिब एक वर्षपछि यही भदौको अन्तिमदेखि लाइसेन्सको प्रयोगात्मक परीक्षा सुरु भएको थियो । यस्तै, वैशाखदेखि बन्द भएको लाइसेन्सको नयाँ आवेदन असोज महिनादेखि लाइसेन्सको खुलाइएको थियो । हाल देशभर करिब ७ लाख आवेदक ट्रायलको प्रतीक्षामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप