शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी नेता पुन माघ १० गते स्वदेश फर्किने

शनिबार, ०८ माघ २०७८, ११ : ३०
शनिबार, ०८ माघ २०७८

उपचारका लागि चीनमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त माघ १० स्वदेश फर्किने भएका छन् । नेता पुनले शनिबार सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । 

कमलपित्त रोगबाट पीडित उनी केही हप्ता अघिदेखि चीनमा उपचार गराउँदै आएका थिए । चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन उपचाररत उनको स्वास्थ्य अवस्था सामान्य बनेको बताइएको छ ।

नेता पुनले चीनअघि थाइल्याण्डमा उपचार गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप