राष्ट्रिय प्रसारण लाइनमा जोडियो साढे १० मेगावाट बिजुली

राष्ट्रिय प्रसारण लाइनमा साढे १० मेगावाट बिजुली जोडिएको छ । खोटाङ जिल्लाका तीन लघु जलविद्युत आयोजनाबाट केन्द्रीय प्रसारण लाइनमा उक्त बिजुली जोडिएको छ । जिल्लाको साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाइड्रोपावर गरी कुल १०.६ मेगावाट बिजुली उत्पादन सुरू भएको हो ।
साप्सु खोलाबाट ६.६ मेगावाट, रावा खोलाबाट ३ र मेवा खोलाबाट १ मेगावाट बिजुली उत्पादन सुरू भएर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त तीनवटा आयोजनाबाट उत्पादन सुरू भएको बिजुली प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ । वि.सं २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि वि.सं २०७३ सालदेखि मात्र माथिल्लो रावा खोला साना जलविद्युत् आयोजनाको लागि कन्स्ट्रक्सन निर्माणको काम सुरू गरिएको थियो ।
यस्तै, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशत गरी करीब २२ करोड रुपैयाँको लागतमा उत्पादित मेवा खोला हाइड्रोपावर विसं २०७२ मङ्सिरदेखि निर्माण सुरू भएको थियो । मेवा खोलाबाट उत्पादित विद्युत् जिल्लाका अन्य जलविद्युत् आयोजनाभन्दा पहिले केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिडियो विवादित भएपछि सुरवीरले मागे माफी
-
कान्सको मार्केटमा नेपाली फिल्म ‘एक्लो’
-
५२ संवैधानिक नियुक्तिविरूद्धको रिट हेर्दाहेर्दैमा
-
दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
-
‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल’ का चार विजेता घोषित
-
सहमति अनुसार शिक्षा ऐन नआए राहत शिक्षकहरूले ‘गर या मर’ को आन्दोलन गर्ने