
भारतमा पछिल्लो २४ घण्टामा ३.३५ लाख नयाँ संक्रमित भेटिए, ४८२ को मृत्यु
भारतमा शुक्रबार ३ लाख ३५ हजार ३९३ नयाँ कोरोना संक्रमित थपिएका छन् । यतिबेला २.४१ लाख संक्रमित निको भए, जबकी ४८२ जनाको मृत्यु भएको छ । यस्तै, अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा ३.४१ प्रतिशत कम भएको छ । बिहिबार ३.४७ लाख व्यक्ति संक्रमित भएका थिए र ७०३ जनाको मृत्यु भएको थियो ।
हाल भारतमा २१.०५ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा कूल सक्रिय संक्रमितको आँकडा पहिलो पटक २१ लाख पार भएको छ । कूल सक्रिय संक्रमितले ३१ डिसेम्बरमा १ लाख र ८ जनवरीमा ५ लाखको आँकडा छोएको थियो । यो हिसाबले २२ दिनभित्रै कूल संक्रमितमा २१ गुणा वृद्धि भएको छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ