ad
x

रियल बेटिसको सानदार जित

person explore access_timeमाघ ८, २०७८ chat_bubble_outline0

स्पेनिस ला लिगाको तेस्रो स्थानमा आसिन रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हरायो ।


रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुईडो रोड्रिग्वेज र जोस विलियसले गोल गरे । स्पान्योलका राउल डे टोमसको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भएको थियो । राउल डे टोसमले १४औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए ।



तर, स्पान्योलको अग्रता लामो समय टिकेन । ३१औँ मिनेटमा बेटिसका बोर्जा इग्लेसियसले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३६औँ मिनेटमा गुईडो रोड्रिग्वेजले नविल फेकिरको पासमा गोल गर्दै पहिलो हाफमा बेटिसलाई २–१ गोलको अग्रता दिलाए ।



दोस्रो हाफमा पनि सानदार प्रदर्शन गरेको बेटिसले ५३औँ मिनेटमा तेस्रो गोल गरेको थियो । बोर्जा इग्लेसियसले सर्जिओ कानालेसको पासमा गोल गर्दै बेटिसलाई थप बलियो बनाए । त्यसपछि ७६औँ मिनेटमा जोस विलियसले नविल फेकिरको पासमा गोल गर्दै बेटिसलाई सहज जित दिलाए ।



८१औँ मिनेटमा राउड डे टोमस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि स्पान्योल १० खेलाडीमा समेटिएको थियो । सुरुवातमै गोल गरेको स्पान्योल अन्तमा फराकिलो हार खेप्न बाध्य बन्यो । दुई गोल गरेका बेटिसका बोर्जा इग्लेसियस ‘म्यान अफ दि म्याच’ भए ।



जितसँगै तेस्रो स्थानमा यथावत रहेको बेटिसले २२ खेलबाट ४० अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४९ अङ्क छ । एक खेल कम खेलेको सेभिया ४५ अङ्क सहित दोस्रो स्थानमा छ । पराजित स्पान्योल २७ अङ्क सहित ११औँ स्थानमा छ ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।