स्थानीय तहको म्याद सकिने मिति बारे भने गठबन्धन विभाजित

सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । तर, स्थानीय तहको म्याद सकिने मिति’ बारे भने गठबन्धन आबद्ध दल विभाजित बनेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलको बैठकले संवैधानिक प्रावधानअनुसार नै निर्वाचनका लागि अघि बढ्ने निर्णय गरेको हो । तर, कहिले र कुन मितिमा निर्वाचन गर्ने भन्ने विषयमा भने गठबन्धनमा अझै सहमति जुटेको छैन ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको स्प्रिटअनुसार नै स्थानीय तहको निर्वाचनका विषयमा गठबन्धन बैठकमा गम्भीर रूपमा छलफल भएको जानकारी दिए । उनका अनुसार गत स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएकाले कुन निर्वाचनदेखि स्थानीय तहको पदावधि सकिने भन्ने विषयलाई थप निचोडमा पुर्याएपछि निर्वाचनको मिति घोषणा हुनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा