बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

शुक्रबार, ०७ माघ २०७८, २२ : ४८
शुक्रबार, ०७ माघ २०७८

पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ । अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्ने बताएका छन् । पत्रकार ठाकुर बेलबासे अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीको माग गरेको बताएका छन् । उनले राजधानीमै अस्पताल पुगेका पत्रकारले उपचार नपाएर ज्यान गुमाउनु दुःखद भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप