बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा लागू औषधसहित ३ जना पक्राउ

शुक्रबार, ०७ माघ २०७८, २२ : २७
शुक्रबार, ०७ माघ २०७८

सप्तरी प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति छिन्नमस्ता गाउँपालिका १ बाट प्रहरीले तीन जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला तिरहुत गाउँपालिका(५ बस्ने  २७ वर्षीय राजकुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका(६ का २५ वर्षीय बैजु साह रहेका छन् । 

उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित डिएलेक्स–डिसी सय एमएलको १ सय ९० बोतल, डिजेपाम २ एमएलको ९५ एम्पुल, फेनेरागन २ एमएल इन्जेक्सन ९५  एम्पुल, लेगेसिस २  एमएलको इन्जेक्सन ९५ एम्पुल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व–पश्चिम कोसी कर्णाली पम्प नहरको बाटोमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्बरको मोटरसाइकल शंका लागि रोकेर सोधपुछ गरी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए । उनीहरूमाथि लागू औषधको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप