
राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गर्यो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।
फाइनल शनिबार हुनेछ । शनिबारै गण्डकी र मधेस पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ