शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली जनसम्पर्क समिति भारतले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

शुक्रबार, ०७ माघ २०७८, २२ : ११
शुक्रबार, ०७ माघ २०७८

नेपाली जनसम्पर्क समिति भारतले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई ज्ञापनपत्र बुझाएको छ । आज समितिले भारतमा नेपालीले पाएको दुःख, प्रवासी नेपालीलाई स्वदेशमै रोजगारी सृर्जना गरिनुपर्ने र युवाहरुलाई नागरिकता बनाउन परेको समस्याप्रति ध्यानाकर्षण गराएको हो ।

सरकारले यी विषयमा सहि तथ्याङ्क राख्नुपर्ने नेपाली जनसम्पर्क समिति भारतको अध्यक्ष बालकृष्ण पाण्डे बताए । ज्ञापनपत्रमा खोप, परिचयपत्रको ब्यवस्था, ऋण उपलब्ध गराउन माग,भारतबाटै मतदानको ब्यवस्था गर्नुपर्ने लगायत १० बुँदे माग उल्लेख गरिएको उनले बताए ।

भारतमा समितिले नेपालीहरुलाई पर्ने समस्या, रोजगारी खोसिने समस्या, महिलामाथि हुने दूर व्यवहारका समस्या लगायतमा सहयोग गर्दैै आइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप