
इन्जिनियरिङ पढ्ने विद्यार्थी सातदोबाटोको होस्टलमा मृत फेला

सातदोबाटोस्थित चापागाउँ दोबाटोमा रहेको ‘रोयल होस्टल’ मा एकजना विद्यार्थी मृत फेला परेका छन् । ललितपुरको कसमस इन्जिनियरिङ कलेजमा पढ्ने २६ वर्षीय शरद यादव मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
सप्तरीको राजबिराज घर भएका यादव कुपण्डोलमा आमासँग बस्थे । बुधवार साँझ उनी साथीलाई भेट्न सो होस्टलमा गएर त्यहिँ बसेका थिए । बिहीबार उनी मृत अवस्थामा फेला परेका हुन् । शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको र मृत्युको कारण नखुलेको एसपी शाहले बताए ।
उनकी आमाकाअनुसार १ सातादेखि उनी कुपण्डोलस्थित डेरामा गएका थिएनन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ