बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ३ जना पक्राउ

शुक्रबार, ०७ माघ २०७८, २१ : ०७
शुक्रबार, ०७ माघ २०७८

राष्ट्र बैंकको अनुमति विपरित क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भई पोखरा बस्ने २१ वर्षीय राजन भट्टराई, सुनसरी घर भएका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।

राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित उनीहरुले विभिन्न व्यक्तिहरुलाई डिजिटल माध्यमबाट लगानी गर्न लगाउने गरेको अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

डिजीटल मुद्रा कारोबारको मुख्य खाता सञ्चालक विदेशी नागरिक रहेको खुलेको छ । पक्राउ परेका मध्ये राजन भट्टराइले हालसम्म ९ सय ७५ जनासँगबाट १९२६ पटक कारोबार गरेको देखिएको छ । ९ सय ७५ जनाको ईसेवा अकाउन्टमार्फत गत मंसिर र पुसमा मात्र २७ लाखको कारोबार गरेको अनुसन्धानबाट खुलेको एसपी कोइरालाले बताए ।

आरोपीहरुले विदेशमा रहेका आफन्तहरुलाई डिजिटल मुद्रा किन्न लगाउने र नेपालमा नाफासहित लिने गरेका थिए । आरोपीहरुविरुद्ध राष्ट्र बैंक ऐन अन्तर्गत अनुमति नलिई बैंकिङ कारोबार गरेको कसुरमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप