बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

शुक्रबार, ०७ माघ २०७८, २० : ३५
शुक्रबार, ०७ माघ २०७८

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।

एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अनेरास्ववियूका केन्द्रीय उपमहासचिव नरेश न्यौपानेले रातोपाटीलाई जानकारी दिए । 

एकीकृत समाजवादी अछामका सचिवालय सदस्य समेत रहेका न्यौपानेका अनुसार अछाममा एमालेका नेता र कार्यकर्ताहरु क्रमशः एमाले छाड्ने तयारी गरिरहेको र एकीकृत समाजवादीका नेताहरुसँग संवाद बढाइरहेका छन् ।

अछाममा सर्वसम्मत जिल्ला नेतृत्व टुङ्ग्याएको एकीकृत समाजवादीले सबै स्थानीय तह र वडाहरूमा आफ्ना कमिटी निर्माण गरिसकेको छ भने पछिल्लो समय टोल कमिटी निर्माणमा जुटिरहेको न्यौपानेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप