शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशमा ओमिक्रोन फैलिएपनि छैन सर्तकता

शुक्रबार, ०७ माघ २०७८, १९ : ०२
शुक्रबार, ०७ माघ २०७८

मधेस प्रदेशको बजारहरुमा अत्याधिक भिड देखिएको छ । मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित भेटिएपनि स्थानीय तहमा भने सतर्कताको अभाव देखिएको हो । 

बजारमा भिडभाड अत्याधिक देखिएको छ भने सर्वसाधारणहरू स्वास्थ्य मापदण्ड अपनाउन छाडेका छन् । विना मास्क बजारमा सर्वसाधारणहरु आवतजावत गर्ने गरेका छन भने भिडभाड समेत देखिएको छ । मधेश प्रदेशमा १४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक बिजय झाले जानकारी दिए । 

 ५ सय २७ जना परिक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको हो । पछिल्लो केहि दिनदेखि मधेश प्रदेशमा कोरोना संक्रमणको दर बढेको छ । अहिले दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । झाले मधेसमा करिब ५० प्रतिशतले खोप लगाएको जानकारी दिए । 

पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोभिडविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बढ्दै गएको कोभिड संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप