भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक
शुक्रबार, ०७ माघ २०७८, १८ : ४४
सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका लागि ती मुलुकमा जान रोक लगाएको हो ।
शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माज्ञ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ ।
पछिल्ला दिन ओमिक्रोन भेरिएन्ट तीव्र भएपछि सरकारले काठमाडौं उपत्यका लगायत देशभर कडाई गरेको छ । काठमाडौं उपत्यकामा शुक्रबार मध्यरातबाट सवारी साधनका लागि जोर बिजोर प्रणाली समेत लागू गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण