शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘पुतलीको घर’ को मञ्चन स्थगित

शुक्रबार, ०७ माघ २०७८, १७ : २३
शुक्रबार, ०७ माघ २०७८

नाटक ‘पुतलीको घर’ को मञ्चन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको गति तिब्र भएकोले आरोहण गुरुकुलले आज शुक्रबारबाट नाटक मञ्चन स्थगित गरेको छ ।  नाटक मञ्चन १४ गतेसम्म स्थगित गरिएको छ ।
‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ को प्रदर्शन रोकिएको जानकारी गराउँछौ । सुरक्षित रहनुहोला’ गुरुकुलका संस्थापक रंगकर्मी सुनिल पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

करिव एक दशकअघि रोकिएको गुरुकुल गत ३० पुसमा कुञ्ज नाटकघर, थापागाउँमा फेरि सुरु भएको थियो । उद्घाटनपछि पहिलो नाटकको रुपमा ‘पुतलीको घर’ मञ्चन थालिएको हो । गुरुकुललाई फेरि पहिलो गाँसमै ढुङ्गा भने झै भएको छ ।

नाटक ‘पुतलीको घर’ नर्वेजियन लेखक हेनरिक जान इब्सनले लेखेको नाटक ‘द डल्स हाउस’ को नेपाली अनुवाद हो । नाटकको नेपाली अनुवाद र निर्देशन सुनील पोखरेल आफैले गरेका हुन् । नाटकमा निशा शर्मा पोखरेल, शेखर चापागाईँ, अन्जु देउजा, सुनील पोखरेल र राजकुमार पुडासैनीको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप