बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय काभ्रेको अत्यावश्यक बाहेकका सेवा स्थगित

शुक्रबार, ०७ माघ २०७८, १७ : १२
शुक्रबार, ०७ माघ २०७८

कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सेवा स्थगित गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार भोलि माघ ८ गतेदेखि १४ गतेसम्म कार्यालयले प्रदान गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएका छन् ।  

सूचनामा भनिएको छ ‘यस कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण पुष्टी भई हाल सुरक्षित रुपमा होम आईशोलेसनमा रहनुभएको र कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोनासँग मिल्ने विभिन्न लक्षणहरु देखापरेको स्थिति समेतलाई मध्यनजर सेवा बन्द गरिएको छ ।’ 

अत्यावश्यक सेवा वाहेकका  कार्यालयबाट प्रदान गर्ने अन्य नियमित सेवाहरु नयाँ नागरिकता वितरण प्रतिलिपि नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्यहरु, नाबालक परिचय पत्र, राहदानी, राष्ट्रिय परिचय(पत्र कार्य बन्द भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप