कोरोना महामारीका बीच नेपाल आवतजावत गर्दै हुनुहुन्छ ? यस्तो छ अध्यागमनको नियम (सूचनासहित)
पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलावट तीव्र बनेको छ । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि यो भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । यही बीचमा अध्यागमन विभागले नेपाल आउजाउ गर्नका लागि नयाँ नियम जारी गरेको छ ।
मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो ।
विभागका अनुसार विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ। नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा ४८ घण्टा भित्रको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने छ भने कोभिड –१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइट सीसीएमसी डट गोर्भरमेन्ट डट एनपीमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात समेत हुनुपर्नेछ ।
यस्तै खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ ।
यस्तै नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण साथमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ। यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्नेछ ।
तोकिएका डकुमेण्ट पु¥याएर नेपाल प्रवेश गरेका व्यक्तिमा कोभिडको लक्षण वा चिन्ह देखिएमा एन्टिजेन परीक्षण गरी रिपोर्ट पोजेटिभ देखिए आइसोलेसन वा अस्पतालमा बस्नुपर्छ । अन्यथा ५ दिन होम वा होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ।
सूचना विस्तृतमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण