शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युवा संघबाट मधेस प्रदेशमा प्रदर्शन, मन्त्री रेणु यादवको राजीनामा माग

शुक्रबार, ०७ माघ २०७८, १६ : ५२
शुक्रबार, ०७ माघ २०७८

एमालेको भातृसंगठन युवा संघ नेपाल, मधेश प्रदेशले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेको छ । सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले  शुक्रबार जनकपुरधाममा प्रदर्शन गर्दै राजीनामा मागेको हो । 

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्रीले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन गर्ने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिए । मन्त्री यादवको विरुद्धमा युवा संघ नेपालले महोत्तरीको जलेश्वर तथा सप्तरीको राजविराजमा पनि प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप