शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेलम्चीको पानी यस वर्षभित्रै काठमाडौंमा ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

शुक्रबार, ०७ माघ २०७८, १६ : ४८
शुक्रबार, ०७ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्चीको पानी यस वर्षभित्र काठमाडौंवासीका लागि ल्याइने प्रतिवद्धता जनाएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत गरी यस वर्षभित्रै पानी ल्याइने जानकारी दिए । 

उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । उनले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए । 

उनले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था चाँडै हुने पनि बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप