काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित
शुक्रबार, ०७ माघ २०७८, १६ : २९
काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए ।
काठमाडौं जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए ।
काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बताए । उनले भने, ‘काठमाडौंका विभिन्न अस्पताल तथा खोप केन्द्रले भेरोसेल मागे पनि दिन सकिएको छैन ।’ कोरोनाविरुद्धको कोभिशिल्डको बुस्टर डोज कार्यक्रम भने सञ्चालन भइरहेको प्रमुख काफ्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण