शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित

शुक्रबार, ०७ माघ २०७८, १६ : २९
शुक्रबार, ०७ माघ २०७८

काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको अभाव भएपछि बुस्टर डोज कार्यक्रम स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले भेरोसेल खोप मौज्दात कम भएकाले केही दिनका लागि भेरोसेल बुस्टर डोज अभियान बन्द गरिएको बताए । 

काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । 

काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बताए । उनले भने, ‘काठमाडौंका विभिन्न अस्पताल तथा खोप केन्द्रले भेरोसेल मागे पनि दिन सकिएको छैन ।’ कोरोनाविरुद्धको कोभिशिल्डको बुस्टर डोज कार्यक्रम भने सञ्चालन भइरहेको  प्रमुख  काफ्लले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप