६५ हजार नाघे सक्रिय संक्रमित, २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा गरी कुल ५ हजार २९९ जनामा संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण