बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै

शुक्रबार, ०७ माघ २०७८, १५ : ४९
शुक्रबार, ०७ माघ २०७८

पाकिस्तानमा दैनिक सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । पछिल्लो एक दिनमा अहिलेसम्मकै सबैभन्दा सात हजार ६७८ नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । यो सङ्ख्या सन् २०२० मा महामारी फैलिएदेखि अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूको भनाइ छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा कोरोनाकै कारणले २३ जनाको मृत्यु भएको पनि पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म कुल २९ हजार ६५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप