बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शोएब अख्तरको सनसनीपूर्ण खुलासा- बलात्कार आरोपमा फसाउने कोसिस भएको थियो

शुक्रबार, ०७ माघ २०७८, १५ : ४८
शुक्रबार, ०७ माघ २०७८

पाकिस्तान क्रिकेट टोलीका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले सनसनीपूर्ण खुलासा गर्दै सन् २००५ मा अष्ट्रेलिया भ्रमण क्रममा आफूलाई ‘रेप’ (बलात्कार) आरोपमा फसाउने कोसिस भएको बताएका छन् । उनले यस खुलासा ‘हेलो एप’को लाइभमा गरेका हुन् । 

‘सन् २००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइएको थियो । मलाई एक महिला बलात्कार आरोपमा तानिएको थियो,’ उनले भने । अख्तरलाई सन् २००५ मा अष्ट्रेलिया भ्रमण दौरान फिर्ता पठाइएको थियो । यसको पछाडि उनी ‘अनफिट’ भएकाे कारण देखाइएकाे थियाे । 

त्यसपछि फेरि खबर आयो शोएब अख्तरमाथि महिला बलात्कारको आरोप लागेको छ । पछिल्लो वर्ष यो घटना स्मरण गर्दै शोएबले हलो एपको लाइभमा बताएका थिए । आखिर के भएको थियो त्यो भ्रमणमा । ‘सन्२००५ मा मलाई अष्ट्रेलिया भ्रमणबाट फिर्ता पठाइयो । ममाथि बलात्कार प्रयास गरिएको आरोप लगाइएको थियो । बास्तवमा पाकिस्तानी टोलीमा मेरो एक साथी थियो । जसको महिलासँग गलत सोच राख्थ्यो । पाकिस्तान ब्यवस्थापकले त्यो खेलाडीको नाम लुकाए,’ अख्तरले भने । 

‘ममाथि यौन दुर्ब्यवहारको केस राखियो । जबकि यो कुनै क्रिकेटरले गरेका थिए । त्यो क्रिकेटरको नाम पाकिस्तानी ब्यवस्थापक र कप्तानले लुकाएका थिए । र मलाई फिर्ता पठाइएको थियो । अख्तरले पछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेलाडीको नाम सोधेको तर बोर्डले सो नाम नभनेको साथै आफ्नो नामसमेत नहटाइएको र सबै खेलाडीले आफूलाईनै शंका गर्दै ‘प्ले ब्वाई’ भनेकोसमेत बताए । 

‘मैले त्यसपछि पीसीबीलाई सोधेको थिए । तर बोर्डले न उसको नाम प्रस्ट रूपमा भन्यो, न त मेरो नाम नै यो घटनाबाट हटायो । सबैले मलाई शंकाको रुपमा हेरे,’ अख्तरले भने, ‘सबैले भने शोएब भाई नै ‘प्ले ब्वाई’ हो । म हजुरहरूलाइ बताइरहेको छु । त्यो क्रिकेटर त्यस समयको इमान्दार केटो थियो ।’  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप