बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री साहद्वारा नागरिकताको समस्या समाधान गर्न माग

शुक्रबार, ०७ माघ २०७८, १५ : २८
शुक्रबार, ०७ माघ २०७८

नेकपा एमालेका नेता प्रभु साहले देशमा देखिएको नागरिकता चाँडै समाधान गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । सरिता साहद्वारा लिखित तथा निर्देशित ‘ढकियामे नागरिकता’ नाटक हेरेपछि प्रतिक्रिया दिँदै उनले नागरिकताका कारण देशमा देखिएको आमसमस्यालाई नाटकले सवल ढंगले उजागार गरेको बताए । 

नेपालमा नागरिकताको समस्या धेरै पुरानो भए पनि राज्यले यसलाई समाधान नगरी जनतालाई पीडा दिइरहेको उनको भनाइ थियो ।

नाटकको माध्यमले पनि सरकारलाई एउटा दवाव दिइएको छ, नागरिकता नहुँदा जनताले कस्तो कस्तो समस्या भोगिरहेका छन्, कस्ता कस्ता पीडा भोग्न बाध्य छन् । ती सबै कुराको उजागर गरिएकाले कलामार्फत् समस्या उजागार गर्ने ‘ढकियामे नागरिकता’ नाटकका सम्पूर्ण टीमलाई उनले धन्यवाद ज्ञापन गरे ।  

नागरिकता विधेयक पाँच वर्षदेखि संसदमा अल्झिरहेको छ तर सरकारले पास गर्न नचाहेको बताउँदै उनले नागरिकता विधेयक पास नहोस् भनी षड्यन्त्र गर्ने दलहरु अहिले सरकारमा भएको आरोप साहले लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप