बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ड्युटी सकिएको भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन मानेनन्

शुक्रबार, ०७ माघ २०७८, १५ : ०३
शुक्रबार, ०७ माघ २०७८


कसैलाई पनि आफ्नो कामको सिफ्ट समाप्त भएपछि काम गर्न मन लाग्दैन । काम बाँकी नै छ भने पनि यसलाई बीचमै रोकेर थाँती राख्न सकिन्छ । तर यो श्रेणीमा सबै काम पर्दैनन् । 

कति कामहरु सिफ्ट समाप्त भइसक्दा पनि रोक्न मिल्दैन, जस्तै – विमान उडाउनु ।

तर एक पाकिस्तानका एक पाइलटले  आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् ।  पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट  इस्लामाबाद उड्नुपर्ने थियो । 

यद्यपि, पीके–९७५४ ले रियादबाट त उडान भर्यो । तर खराब मौसमका कारण यसलाई साउदी अरेबियाको दम्माममा आकस्मिक अवतरण गराउनुपर्यो । 

मौसममा सुधार आएपछि विमानका क्याप्टेनले दमामबाट इस्लामाबाद उडान भर्न अस्वीकार गरे किनभने उनको ड्युटी आवर सकिएको थियो । पाइलटले विमान नउडाउनुको कारण बताउँदै गर्दा त्यहाँ उपस्थिति धेरैको रिसको पारा असाध्यै माथि चढिसकेको थियो । त्यसैले आफ्नो रोष व्यक्त गर्दै यात्री विमानबाट ओर्लिएनन् र यसमा आफ्नो विरोध जनाए । 

अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनका लागि सुरक्षाकर्मीलाई नै बोलाउनुपर्यो । विमानस्थलमा यात्रीका लागि होटलको बन्दोबस्त पनि मिलाइयो ।
   
पीआईएका प्रवक्ताले द एक्सप्रेस ट्रिब्यूनसँगको कुराकानीमा भने, ‘सुरक्षित रुपमा विमान उडाउनु अघि पाइलटले पर्याप्त मात्रामा आराम गरेको हुनुपर्छ, त्यसैले यसै अनुरुप बन्दोबस्त मिलाइएको थियो ।’

ती प्रवक्ताले विमानका यात्री त्यसै दिन बेलुका ११ बजे इस्लामाबाद पुगेको पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप