शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिश कलेजकी रिया मानन्धरले गरिन् विश्व टप

शुक्रबार, ०७ माघ २०७८, १४ : ४४
शुक्रबार, ०७ माघ २०७८

ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् । एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) मा उनले ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन् । विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याउन सफल भएकी हुन् । 

एसीसीए कार्यक्रम म्यानेजर दिपेन्द्र के श्रेष्ठ भन्छन्, ‘हामीलाई रिया माथि गर्व छ उनी कलेजको दोस्रो विश्व टपर हुन्, र उनी अरु विद्यार्थीका लागि प्रेरणा पनि हुन् । त्यस्तै, रियाले पनि कलेज र शिक्षकहरुलाई धन्यवाद दिँदै भनिन् ‘एसीसीएले नेपालका अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने भएर रोजेकी हुँ ।’ 

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् । हाल ब्रिटिश प्रोफेसनल कलेजमा एसीसीए भर्ना खुलिरहेको छ । काठमाडौँस्थित कलेजले शैक्षिक सञ्जाल यूएई र युकेमा समेत गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप