शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

शुक्रबार, ०७ माघ २०७८, १४ : १७
शुक्रबार, ०७ माघ २०७८

उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले विफल पारिदिएका छन् । उत्तर कोरियाले श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले विफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्तावलाई चीन र रसियाले विफल पारिदिएको हो ।

उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको छ । उसले यो वर्ष मात्र चारओटा आणविक परीक्षण गरेको थियो । उसले व्यालिस्टक मिसाइलदेखि आवाजभन्दा चाँडो मार हान्ने हाइपरसेनिक मिसाइल परीक्षण गरेको छ । देशको मिसाइल कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँचजना उत्तर कोरियालीमाथि हालै प्रतिबन्ध लगाएको थियो । 

उत्तर कोरियाका आणविक परीक्षणलाई लिएर पश्चिमेली मुलुकहरुले बिभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् । तर, प्रतिबन्धका बाबजुद उत्तरले आफ्ना आणविक गतिविधिलाई तीव्र पार्दै आएको छ । उत्तरमाथि प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप