शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ हजार ऋणीले पाए १०६ अर्ब पुनरकर्जा

शुक्रबार, ०७ माघ २०७८, १३ : ५३
शुक्रबार, ०७ माघ २०७८

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २४ हजारभन्दा बढी ऋणीहरुले १०६ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा पाएका छन् । यस्तो पुनरकर्जा चालू आर्थिक वर्षको पुस मसान्तसम्म २४ हजार २६७ ऋणीले एक खर्ब ६ अर्ब ८ करोड रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको हो । 

बैंकका अनुसार ७ प्रदेश ७७ वटै जिल्लामा प्रवाह भएको यस्तो पुनरकर्जा ग्राहकको मूल्यांकनको आधारमा विशेष र साधारण गरि १०२ जना ऋणीमा १३ अर्ब ६२ करोड प्रवाह गरिएको छ । यस्तै, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रदान गरिने एकमुष्ट कर्जामा २ हजार ९६० शाखाहरूबाट २४ हजार १६५ ऋणीहरुलाई कुल ९२ अर्ब ४६ करोड रुपैयाँ पुनरकर्जा प्रवाह गरिएको बैंकले जनाएको छ ।

यसमा साना, लघु तथा घरेलु उद्योग उद्यमशीलता पुनरकर्जा शीर्षकमा मात्र समीक्षा अवधिमा ९ हजार ४८६ जना ऋणीहरुलाई कुल ८ अर्ब १० करोड रुपैयाँ पुनरकर्जा प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप