बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण

शुक्रबार, ०७ माघ २०७८, १३ : ३८
शुक्रबार, ०७ माघ २०७८

गायिका आनीछोइङ डोल्मा कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोनाको चपेटामा परेको सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् । उनले आफु होम आइसोलेसनमा रहेको जानकारी दिँदै  सबैलाई सतर्कता रहन समेत अनुरोध गरेकी छन् ।

‘कोरोनाले धेरैलाई संक्रमित गर्ने सम्भावना छ । त्यसैले सावधानी अपनाउनुहोला’ उनले अगाडि भनेकी छन् ‘ मास्क लगाउनुहोला, ह्याण्ड सेनिटाइजर बारम्बार प्रयोग गर्नुहोस् ।’ अनावश्यक अवस्थामा घरबाट बाहिर ननिस्किन समेत उनले सबैमा आग्रह गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप