शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोकियो नेटफ्लिक्सको ‘बाहुबली-बिफोर द बिगिनिङ’

शुक्रबार, ०७ माघ २०७८, १३ : १६
शुक्रबार, ०७ माघ २०७८

नेटफ्लिक्सको बहुप्रतीक्षित वेब सिरिज ‘बाहुबली-बिफोर द बिगिनिङ’ पुनः रोकिएको छ । यो वेब सिरिज निकै लामो समयदेखि बनिरहेको छ । जसका लागि निर्माताले सय करोड बढी लगानी गरिसकेका छन् ।

समाचारअनुसार वेब सिरिजको धेरै भागको सुटिङ भइसकेको छ । तर निर्माताले यो प्रोजेक्टलाई अस्वीकार गरेर पुनः बनाउन सुरु गरेका छन् । यहाँसम्म कि वेब सिरिजमा शिवगामीको भूमिका निभाइरहेकी मृणाल ठाकुरलाई पनि रिप्लेस गरिएको थियो । निर्माता बाहिर सुने जस्तो वेब सिरिजलाई विशाल रूपमा निर्माण गर्ने पक्षमा छैनन् ।

यो सिरिजमा पुनः अभिनेत्री वामिका गाबीको प्रवेश भएको छ । सिरिजमा तमिल अभिनेत्री नयनतारा पनि देखिँदैछिन् । यो वेब सिरिजलाई पुनः बनाउनका लागि निर्माताले दुई सय करोड बजेट तयार पारेर राखेका छन् । यो वेब सिरिजको जिम्मेवारी ‘केशरी’ निर्देशक अनुराग सिंहलाई दिने तयारी भए पनि निर्देशकसँग निर्माताको कुरा मिल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप