ad
x

टी-२० विश्वकपः उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

आईसीसी टी-२० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अष्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । १६ अक्टोबरबाट सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर-२ र क्वालिफायर-३ बीच प्रतिस्पर्धा हुनेछ । 
 
यस्तै साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ । जुन खेल २२ अक्टोबरमा हुनेछ । 


भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल २ नोभेम्बरमा सिड्नीमा हुनेछ भने १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुनेछ ।



सुपर १२ को ग्रुप ‘वान’ मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् । समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताले स्थान बनाउनेछन् । पहिलो चरणको समूह ‘ए’ मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका दुई टोली रहनेछन् ।



त्यस्तै समूह ‘बी’ मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका दुई टोलीबीच हुनेछन् । त्यस्तै ग्रुप ‘टु’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता रहनेछन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X