
स्वास्थ्यकर्मी संघले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाभाइरस फैलन नदिन सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ । स्वास्थ्यकर्मी संघले कोरोना भाइरस समुदाय स्तरमा विस्तार भइसकेकाले संवेदनशील बन्न आग्रह प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको छ ।
शुक्रबार बुझाइएको ज्ञापनपत्रमा संघसँग सम्बन्धित विषय समेटिएका १५ बुँदे विभिन्न माग समेत पेश गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फतबाट बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘सरकारी निजी सामुदायिक र अध्ययन संस्थानहरूमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनत्तम र पारिश्रमिक तुरुन्त उपलब्ध गराइयोस् ।’
कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि नदिएको गुनासो संघको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ