बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘गेम’ बन्ने, राजेशपायल र मिलनले गाए पहिलो गीत

शुक्रबार, ०७ माघ २०७८, १२ : ५९
शुक्रबार, ०७ माघ २०७८

फिल्म ‘गेम’ निर्माण हुने भएको छ । टेक पौरखी राईको निर्देशन रहने फिल्मको ‘निधारमा रातो टिका झम्के फुलि लाको’ बोलको पहिलो गीत हालै रेकर्ड गरिएको छ । गीत रेकर्डसँगै फिल्मको काम सुरु भएको निर्माण युनिटले जनाएको छ ।

गीतमा राजेश पायल राई र मिलन नेवारले स्वर दिएका छन् । संगम स्टुडियोमा रेकर्ड भएको गीतमा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत छ, भने संगीत संयोजक गणेश कुमार चौधरीले गरेका छन् । 

दयाहाङ राइको मुख्य भुमिका रहने बताइएको फिल्मको छायांकन काठमाडौ र सिक्किमका बिभिन्न स्थानमा हुनेछ । फिल्म नरेन गुरुङ तथा कृष्ण कुमारले मिलेर बनाउन लागेका हुन् । समसामाहिक बिषयबस्तु कथाको रुपमा उठाएको फिल्म निर्देशक राइले लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप