शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

शुक्रबार, ०७ माघ २०७८, १२ : ४७
शुक्रबार, ०७ माघ २०७८

एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

नेपालमा आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १२५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३२५ रुपैयाँ पुगेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप