एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
शुक्रबार, ०७ माघ २०७८, १२ : ४७
एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपालमा आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
एक साताभित्रै चाँदीको मूल्य पनि प्रतितोलामा ७५ रुपैयाँ बढेको छ । आइतबार १२५० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १३२५ रुपैयाँ पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण