शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेश प्रदेशमा एक दर्जन बढीमा ओमिक्रोन पुष्टि

शुक्रबार, ०७ माघ २०७८, १२ : १६
शुक्रबार, ०७ माघ २०७८

मधेस प्रदेशमा एक दर्जन बढीमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । मधेस प्रदेशमा अहिलेसम्म १४ जनामा ओमिक्रोन पुष्टि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए । यस प्रदेशमा ५ सय २७ जना परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरिएन्ट देखिएको उनले बताए ।

पछिल्लो केहि दिनदेखि मधेस प्रदेशमा कोरोना संक्रमन दरमा वृद्धि हुँदै गएको छ । बिहीवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । अहिले यस प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप