नेपाल बंगलादेश बैंकको नाफामा ब्रेक, ६ महिनामा बैंकले कति कमायो ?
नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।
यस्तै बैंकको अन्य वित्तीय सूचकहरुमा ईपीएसको दर केही घटेको छ । गत पुस मसान्तसम्म २२.१६ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी १६.०९ कायम भएको छ । यस्तै पीई रेसियो २४.८ रहेको बैंकले जनाएको छ । जुन अघिल्लो आवको पुस मसान्तभन्दा दोब्बर हो । बैंकको प्रतिसेय नेटवर्थ १५७.१८ रूपैयाँ छ ।
खुद ब्याज आम्दानी नबढ्दा बैंकको नाफा घटेको हो । बैंकले यस्तो आम्दानी १ अर्ब २७ करोड बराबरको गरेको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.५१ प्रतिशतमा खुम्चिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट