बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बंगलादेश बैंकको नाफामा ब्रेक, ६ महिनामा  बैंकले कति कमायो ?

शुक्रबार, ०७ माघ २०७८, १२ : १४
शुक्रबार, ०७ माघ २०७८

नबिल बैंकसँग एक्युजिसनमा जान लागेको नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले चालू आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा ८१ करोड ११ लाख रूपैयाँ मात्र नाफा कमाउन सकेको हो । जबकि बैंकले अघिल्लो वर्षको पुस मसान्तमा नै ८१ करोड २४ करोड खुद नाफा कमाएको थियो । बैंकको रिपोर्टअनुसार यो वर्ष बैंकको नाफामा  १३ करोड रूपैयाँको गिरावट आएको हो । तर, बैंकको वित्तीय विवरण अनुसार यस वर्ष बैंकको वितरणयोग्य मुनाफा भने बढेर ४९ करोड ३२ लाख रूपैयाँ पुगेको छ । जुन अघिल्लो आवको भन्दा ३ करोड बढी हो ।

यस्तै बैंकको अन्य वित्तीय सूचकहरुमा ईपीएसको दर केही घटेको छ । गत पुस मसान्तसम्म २२.१६ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी १६.०९ कायम भएको छ । यस्तै पीई रेसियो २४.८ रहेको बैंकले जनाएको छ । जुन अघिल्लो आवको पुस मसान्तभन्दा दोब्बर हो । बैंकको प्रतिसेय नेटवर्थ १५७.१८ रूपैयाँ छ ।

खुद ब्याज आम्दानी नबढ्दा बैंकको नाफा घटेको हो । बैंकले यस्तो आम्दानी १ अर्ब २७ करोड बराबरको गरेको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.५१ प्रतिशतमा खुम्चिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप