बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको ६ महिनाको नाफा एक अर्ब एक करोड

शुक्रबार, ०७ माघ २०७८, ११ : ४७
शुक्रबार, ०७ माघ २०७८

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिना अर्थात्  पुस मसान्तसम्म एक अर्ब एक करोड रूपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको पुस मसान्तभन्दा २१ करोड रूपैयाँले बढी नाफा कमाएको हो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको पीई रेसियो १६.८४ रहेको जनाएको बैंकले प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको बताएको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रूपैयाँ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप